कांग्रेसले बोलायो कार्य सम्पादन र संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसले बोलायो कार्य सम्पादन र संसदीय दलको बैठक

काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसले आज कार्य सम्पादन र संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

कार्य सम्पादन समितिको बैठक बिहान साढे १० बजे बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसको आजै १२ बजे संसदीय दलको बैठक पनि बस्दैछ ।

आजै प्रतिनिधि सभाको बैठक पनि बस्दैछ । गत फागुन १७ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गरेर आजलाई सारिएको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);