संसद बैठकमा आज बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धि विधेयक पेस हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसद बैठकमा आज बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धि विधेयक पेस हुने

काठमाडौँ, ५ चैत्र । संसद बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयको अनुसार प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);