आज संसद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन ८ २०८३, शनिबार

आज संसद बैठक बस्दै

काठमाडौं, ३ फागुन । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बाट शुरु हुने संघीय संसद भवनले जनाएको छ । बैठकमा सांसद प्रेम सुवालले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि राख्नुभएको बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गरिने कार्यसूची रहेको छ ।

त्यस्तै आज बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गर्ने, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Leave a Reply

ताजा समाचार