अनेरास्ववियुको नेतृत्वको लागि सहमति नभए आजै मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अनेरास्ववियुको नेतृत्वको लागि सहमति नभए आजै मतदान

काठमाडौं, ३ फागुन । सत्तारुढ दल नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशन प्रज्ञा भवनमा जारी छ । महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिसकेका छन् ।

अनेरास्ववियुको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने,मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् । उनीहरुबीच सहमति कायम भएमा अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन् ।

सहमति नभए आजै मनोनयन दर्ता र मतदान हुने जनाइएको छ । विद्युतिय मतदानबाट नेतृत्व चयन गर्ने गरी संगठनले प्रबन्ध मिलाएको छ । महाधिवेशनले ११९ सदस्यीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि गठन गर्नेछ । महाधिवेशनमा देशभरबाट १ हजार ८० जना प्रतिनिधि सहभागी हुन आएका छन् ।

उपाध्यक्ष कल्पना वाइबाले महासचिव र महासचिव पदमा उपमहासचिवहरु नरेश रोकाय, सुदर्शन शिवाकोटी, नारायण घर्ती, भाष्कर खनाल, गोविन्द गिरी, सचिव धर्म गिरी लगायतको दाबी छ । त्यस्तै, अनेरास्ववियुको उपाध्यक्षमा यसपटक हालका कोषाध्यक्ष जेनिश लामासहित मर्यादा विष्टलगायतले दावी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);