काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । लगत्तै पार्टी संसदीय दलको बैठक पनि बस्नेछ । बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्ने बताइएको छ । त्यस्तै दिउँसो २ बजे केन्द्रिय अनुशासन समितिको बैठक पनि बस्नेछ ।




