नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु

काठमाडौं । 

नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ  ।सोमवार पार्टी मुख्यालय सानेपामा बैठक शुरु भएको हो । बैठकमा पार्टी संंसदीय दलका नेता चेयनबारे सर्वसम्मत निर्णय गर्ने काँग्रेसले जनाएको छ । काँग्रेसभित्र पार्टी संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीलगायतका सांसदहरुले दाबी गरेपछि त्यसलाई सहमतीमा टुंगो लगाउन पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्य दल नै गठन गरिएको थियो । कार्य दलले सो बैठकमा सुझाव पेश गर्ने र पार्टी सभापति गगनकुमार थापाले सो सम्बन्धमा आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् ।

Leave a Reply