प्रचण्ड सरकारमा सहभागी हुने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्ड सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं, ५ चैत्र । नेपाली काँग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सो निर्णय गरेको हो । आईतवार संसदभवनस्थित ल्होत्से हलमा काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरु डा.शशांक कोईराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्का लगायतका नेताहरुको उपस्थिति
रहेको थियो । काँग्रेस केन्द्रिय सम्पादन समितिको बैठक सके लगत्तै आज नै संसदीय दलको बैठक बस्ने बताइएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित काँग्रेस सरकारमा जाने निर्णय भएको बताउनु भयो । प्रवक्ता महतले बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको बताउनु भयो । उहाँले आज बस्ने संसद बैठकबाट काँग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चैत्र ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भन्नुभएको छ, उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । त्यही किसिमको निर्देशन कार्य सम्पादन समितिले संसदीय दललाई निर्देशन गर्नेछ । संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित हामी सरकारमा सहभागी हुँदैछौँ । नेपाली काँग्रेस पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

यस बाहेक उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको छ । आजकै संसद बैठकबाट सप्रतिपक्षबाट सत्तापक्षमा जाने निर्णय भएको छ । विश्वासको मत लिएपछि सरकारमा जाने हो । नेतृत्वले सुझाव सल्लाह लिएर कसको नेतृत्वमा जाने भन्ने निर्णय गर्नेछ । मन्त्रीपरिषद्मा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर जाने निर्णय भएको छ ।’

प्रवक्ता महतले बैठकमा कसको निर्णयमा काँग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको स्पष्ट पार्नुभयो । उहाँले काँग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताउनु भयो । प्रवक्ता महतले संसदीय दलको बैठकमा सरकारले संसदमा प्रश्तुत गर्ने विधेयकका बारेमा छलफल हुने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);