काँग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काँग्रेस नेता, कार्यकर्ताको आमरण अनसन तोडियो

काठमाडाैं । पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली काँग्रेसका नेता, कार्यकर्ताको आमरण अनसन तोडिएको छ ।

१० दिनयता पार्टी केन्द्रिय कार्यालय सानेपामा आमरण अनसन बस्दै आएका पार्टीका केन्द्रिय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बूँदे सहमति भएपछि मंगलबार अपरान्ह जुस पिएर उनीहरुले आमरण अनसन तोडेका हुन ।

पार्टीको तर्फबाट उनीहरुको माग सम्बोधन गर्ने ६ बूँदे सहमतिमा नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरुमाथि न्याय हुने अपेक्षामा साथ आमरण अनसन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए । उनले जिल्ला छानवीन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान हुने विश्वास समेत व्यक्त गरे ।

बैठक नै नबसी एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ–एक पक्षीय ढंगले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानवीन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नु हुनेछ ।

यता, काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले उहाँहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले भने, “क्रियाशील सदस्यता वितरणमा उहाँहरुले राख्नु भएको माग पार्टी नेतृत्वले सम्बोधन गरी न्याय गर्नेछ ।

पार्टीको जिल्ला छानवीन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेताहरु पार्टी केन्द्रिय कार्यालयमा आमरण अनसन बस्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);