डा. गोविन्द केसीद्वारा १२ औं पटक आमरण अनसन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

डा. गोविन्द केसीद्वारा १२ औं पटक आमरण अनसन सुरु

फाइल तस्बिर

काठमाडौं, ९ असोज । वरिष्ठ चिकित्सक गोविन्द केसीले १२ औं पटक आमरण अनसन सुरु गरेका छन् । सरकारले आफूहरुको माग विपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै सोमबारबाट १२ औं पटक आमरण अनसन सुरु गर्नुपरेको डा. केसीले बताए ।

काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आमरण अनसन बसेका उनले जनतामुखि र विद्यार्थीमुखि चिकित्सा शिक्षा ऐन ल्याउन सरकारलाई बाध्य पार्न आफूले पुनः आमरण अनसन बस्नु परेको बताए ।

वरिष्ठ चिकित्सक केसीले आफूले सरकार र राजनीतिक दलहरुको मिलेमतोमा हुने भ्रष्टाचारलाई अन्त्य गरी मुलुकमा सुशासन ल्याउन र सर्वसाधारणले पनि मेडिकल शिक्षा सुलभ ढंगले पढ्न पाउनुपर्ने व्यवस्था गर्न पटक पटक आमरण अनसन बस्नु परेको स्मरण गरे ।

वरिष्ठ चिकित्सक केसीले आफूसँग विगतमा भएका सहमति अनुसार सरकारले ३८ लाख रुपैयाँमा काठमाडौंमा र बाहिरी जिल्लाहरुमा ४२ लाख रुपैयाँमा मेडिकल कलेज पढन पाउनुपर्नेमा कम्तिमा ६५ लाख असुल्ने गरेका कारण पनि त्यस विरुद्ध पुन आन्दोलनमा जानु परेको उल्लेख गरे ।

वरिष्ठ चिकित्सक केसीले सर्वसाधारणले समेत पढन पाउने गरी तत्काल सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् । उनले माफियासँग मिलेर मेडिकल शिक्षालाई महंगो बनाउने त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

विगतमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयनमा नल्याएपछि आफूले पुन आमरण अनसनमा बस्नु परेको चिकित्सक केसीको भनाई छ । सरकारले लुटतन्त्रलाई प्रश्रय दिने गरी चिकित्सा शिक्षा ऐन पारित गरेलगत्तै वरिष्ठ चिकित्सक केसी आमरण अनसनमा बस्न सुरु गरेका हुन् । उनले मुलुकमा बाढि, पहिरो र डुबानको समस्या थपिएपछि ११ औं पटकको आमरण अनसन भने केही समयका लागि स्थगित गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);