डा. केसीको अनसन औचित्यपूर्ण र शोभनिय छैन : शिक्षा मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौं, १० असोज । वरिष्ठ चिकित्सक गोविन्द केसी  दसैंको मुखमा अनसन बस्नु कुनै पनि दृष्टिले औचित्यपूर्ण र शोभनिय नभएको शिक्षा मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश भई विचाराधिन अवस्थामा रहेकाले प्राडा केसी अनसनमा बस्नु शोभनिय नभएको मन्त्रालयले अाज जारी गरेकाे विज्ञप्तीमा जनाइएको छ ।

उक्त विधेयक व्यवस्थापिका संसदको कार्यसुचिबाट हटिसकेकाले डा. केसीले अविलम्ब अनसनका कार्यक्रमलाई अन्त्य गर्न मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।

डा.  केसीले सोमबारबाट १२ औं पटक आमरण अनसन सुरु गरेका छन् । सरकारले आफूहरुको माग विपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै सोमबारबाट १२ औं आमरण अनसन सुरु गर्नुपरेको केसीको भनाई छ ।

काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आमरण अनसन बसेका उनले जनतामुखि र विद्यार्थीमुखि चिकित्सा शिक्षा ऐन ल्याउन सरकारलाई बाध्य पार्न आफूले पुनः आमरण अनसन बस्नु परेको बताएका छन् ।

शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै हेर्नुहोस् :

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);