काँग्रेस केन्द्रिय कार्य समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक स्थगित

congress

काठमाडौं, २३ चैत । शनिबारका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको केन्द्रिय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रिय सदस्य महेन्द्र यादवले जानकारी दिए । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताइएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।

काँग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ । विभाग गठनका लागि देउवामाथि दवाव परेपछि काँग्रेस केन्द्रिय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यस अघि नै गठन गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);