काँग्रेस केन्द्रिय कार्य समिति बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काँग्रेस केन्द्रिय कार्य समिति बैठक स्थगित

congress

काठमाडौं, १४ फागुन । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक स्थगित भएको छ । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा बोलाइएको पार्टी केन्द्रिय कार्य समिति बैठक स्थगित गरिएको हो ।

दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले आज बोलाइएको पार्टी केन्द्रिय कार्य समितिको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि केन्द्रिय कार्य समिति बैठक स्थगित गरिएको हो ।

आईतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए । दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रिय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि काँग्रेस केन्द्रिय कार्य समितिको आज बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मतिमै टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।

प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रिय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए । पार्टीको औंपचारिक कार्यक्रमलाई ध्यानमा राखेर पनि अव बस्ने केन्द्रिय कार्य समिति बैठकको टुंगो लगाउने नेपाली काँग्रेसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);