कांग्रेस निर्वाचन केन्द्रीय समिति बैठक शुक्रबारसम्म स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कांग्रेस निर्वाचन केन्द्रीय समिति बैठक शुक्रबारसम्म स्थगित

congress offc

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय समितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । आज विहान बस्ने भनिएको बैठक पदाधिकारी मनोनयन विवादका कारण सभापति शेरबहादुर देउवाले स्थगित गरेका हुन् ।

नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए । सभापति देउवाले विधी र विधान मिचेर पदाधिकारी मनोनयन गर्न लागेको भन्दै उनीहरुले त्यसलाई स्वीकार नगर्ने बताएका छन् । पार्टी सभापति देउवा र महामन्त्री डा. शशांक कोइरालाको परामर्शपछि बैठक स्थगित गरिएको सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति देउवाले केन्द्रिय कार्य समिति बैठक सकेकै दिन आइतबार निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाइ पदाधिकारी मनोनयन गर्ने निर्णय लिएपछि पौडेल र सिटौला पक्षले आपत्ति जनाएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);