कांग्रेस केन्द्रीय समितिको बैठक अझै सुरु भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कांग्रेस केन्द्रीय समितिको बैठक अझै सुरु भएन

nepali congress

काठमाडौं, २१ वैशाख । पदाधिकारी नियुक्तिका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । दिउँसो २ बजे बस्ने भनिएको बैठक अझै सुरु नभएको हो ।

सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायतका नेताहरु अनौपचारिक छ्लफलमा व्यस्त छन् । सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पुर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशसरण महतलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

तर, पौडेल पक्षले सहमहामन्त्री आफुलाई दिनुपर्ने अडान राखेको छ । सहमति बिना प्रस्ताव ल्याएमा बैठक बहिष्कार गर्ने चेतावनी पौडेल र सिटौला पक्षले दिएको छ ।

यसअघि १७ गते पनि पौडेल सिटौलाको चेतावनीका कारण बैठक शुक्रबार सम्मका लागि स्थगित भएको थियो । कांग्रेस विधानअनुसार सभापतिको प्रस्तावमा केन्द्रिय समितिले पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);