सिन्डिकेट विरुद्ध झन् पछि झन् आक्रामक बन्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिन्डिकेट विरुद्ध झन् पछि झन् आक्रामक बन्दै सरकार

काठमाडौं, २१ वैशाख । यातायात व्यवस्था विभाग सिन्डिकेट समर्थक यातायात व्यवसायी प्रति आक्रामक रुपमा प्रस्तुत भएको छ । सरकारले रुट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्न निर्देशन दिए लगत्तै विभागले आफुलाई आक्रामक रुपमा अघि सारेको हो ।

शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराईले सरकारको निर्देशनको पालना सबैले गर्नुपर्ने भन्दै सवारी साधन संचालन नगर्ने व्यवसायीको रुटपरमिट निलम्बन गर्ने बताए ।

व्यवसायीलाई अनुकुलतामा कम्पनी, फर्म, सहकारी तथा व्यक्तिगत भए प्रोपाईटर फर्ममा दर्ता हुन निर्देशन भईसकेकाले संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका व्यवसायीक संस्थाहरुलाई सोही ऐन अन्र्तगत नविकरण नगरिने भट्टराईले स्पष्ट पारे ।

उनले सरकारले दैनिक यातायात संचालन गर्न निर्देशन दिईसकेकाले सो को पालना नभए अझै कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

उनले सवारी साधन संचालन गर्नेलाई सुरक्षा र नगर्नेलाई निलम्बन गर्नुको साथै नयाँलाई सवारी संचालनका लागि आव्हान गरिने र आवश्यकताको आधारमा तत्काल रुट परमिट दिईने बताए ।

समस्या लम्बिदै गएको अवस्थामा प्याब्सन, एन प्याब्सन, निजी कम्पनी, नेपाली सेना, नेपाल प्रहरी, लगायतका सवारी साधनलाई सार्वजनिक यातायात सेवाका रुपमा परिचालन गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिए ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सिन्डिकेट खारेज गर्ने निर्णयको विरोधमा शुक्रबार मुलुकभर सार्वजनिक यातायात सेवा बन्द गरेपछि सरकारको निर्देशनमा प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सहित केही व्यवसायीलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);