विद्युतीय सवारी प्रर्वद्धनका लागि छुट्टै इकाई गठन हुन्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विद्युतीय सवारी प्रर्वद्धनका लागि छुट्टै इकाई गठन हुन्छ : प्रधानमन्त्री

KP OLI

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारी साधन प्रर्वद्धनका लागि सरकारले छुट्टै ईकाई नै गठन गर्ने बताएका छन् । मंगलबार ललितपुरको पुलचोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने लक्ष सहित सरकारले काम गरिरहेको भन्दै उनले त्यसका लागि छुट्टै इकाई नै गठन गरेर संचालन गरिने जानकारी दिए ।

त्यसका लागि विद्युतीय यातायात साधन प्रर्वद्धनका लागि लगानी गर्ने सरकारी निकायबीच छलफल भईरहेको पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले हालको लागि थोरै संख्यामा विद्युतीय बस संचालन गर्ने प्रयास गरिएको भएपनि यसले दीर्घकालिन रुपमा ठुलो उद्देश्यतर्फ संकेत गरेको बताए ।

आफुले अघिल्लो कार्यकालमा नेपालमा वातावरण मैत्री यातायात नीति तर्जुमा गर्नुपर्छ भनेको स्मरण गर्दै उनले विद्युतीय यातायातलाई राष्ट्रिय कार्ययोजनाको रुपमा विकास गरेर अघि लैजाने सवालमा विद्युतीयबस संञ्चालनलाई सो कार्ययोजनाको सुरुवातको रुपमा आफुले बुझेको बताए ।

उनले साझाद्धारा काठमाडाैं उपत्यकामा संञ्चालन गर्न लागिएको बिजुली बस देशव्यापी रुपमा स्वच्छ उर्जाको रुपमा सबैको ध्यान तान्न सक्षम हुने विश्वास आफुले लिएको बताए । उनले भविश्यमा विद्युतीय बसले महंगो इन्धनबाट संञ्चालन गर्ने सवारी साधनलाई विस्थापित गर्दै लैजाने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);