यातायात महासंघ र समितिका बैंक खाता रोक्का गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यातायात महासंघ र समितिका बैंक खाता रोक्का गर्ने सरकारको निर्णय

काठमाडौं, २१ वैशाख । सरकारले सवारी साधन नचलाउने यातायात महासंघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । निर्णय लगत्तै गृहमन्त्रालयले त्यस्ता समितिहरुको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

आज गृहमन्त्रालयमा गृहमन्त्री, भौतिक पूर्वधार तथा यातायातमन्त्री, राष्ट्र बैकका गभर्नर सम्मिलित बैठकले सार्वजनिक सवारी संचालन गर्ने अनुमति लिएका साविकका यातायात व्यवसायी समिति र महासंघका पदाधिकारीको विवरण लिइ सम्पत्ति शुद्धिकरण विभागबाट छानविन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले यातायात व्यवसायीलाई बन्द हड्ताल छोडेर वार्तामा आउन समेत आह्वान गरेको छ । तर, सिन्डिकेट कुनै हालतमा अमान्य हुने गृहमन्त्री थापाले बताएका छन् ।

यसअघि गृहमन्त्री थापाले सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । अत्यावश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम यातायात क्षेत्रमा हड्ताल गर्ने व्यवसायीलाई पक्राउ गरि मुद्दा चलाउन गृहमन्त्री थापाले निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ।

यसैबीच गृहमन्त्री थापाको निर्देशनपछि प्रहरीले धमाधम आन्दोलनरत व्यवासायीलाई नियन्त्रणमा लिन थालेको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका केही पदाधिकारीसहित देशभरबाट प्रहरीले व्यवसायीलाई पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);