वन तथा वातावरण मन्त्रालयको कार्यदिशा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

वन तथा वातावरण मन्त्रालयको कार्यदिशा सार्वजनिक

Shakti_Basnet

काठमाडौं, २१ वैशाख । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय अर्थतन्त्रमा देखिने गरि योगदान पुर्याउने उद्देश्य साथ कार्ययोजना तर्जुमा गरेको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरि आगामी कार्यदिशा सार्वजनिक गरेको हो । यस बर्ष ५ लाखको रोजगारी श्रृजना गर्ने सरकारको लक्ष्य पुरा गराउन कम्तिमा २० प्रतिशत योगदान मन्त्रालयले दिने गरि कार्ययोजना अघि बढाईएको मन्त्री शक्ति बहादुर बस्नेतले जानकारी दिए ।

उनले वनको बैज्ञानिक व्यवस्थापन सहित वन क्षेत्रको बहुआयामिक उपयोगबाट जनताको आर्थिक अवस्थामा सुधार र रोजगारीको अवसरहरु सिर्जना गरि स्थानीय, प्रादेशिक र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्नु नै मन्त्रालयको मुख्य कार्ययोजना रहेको बताए ।

कृषि वन र सहकारी वनको व्यवस्थापन, प्राकृतिक वातावरणको संरक्षण, संवद्र्धन गरि वातावरण सन्तुलन कायम राख्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

सार्वजनिक कार्यदिशा अनुसार कार्य संचालनका लागि विभिन्न १६ वटा विषयगत क्षेत्रहरुमा एक सय वटा गतिविधि पहिचान गरि समयबद्ध रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि मन्त्री बस्नेतले जाहेर गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);