वनको विकास तथा वातावरण संरक्षणमा वृक्षारोपण अपरिहार्य : मन्त्री नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वनको विकास तथा वातावरण संरक्षणमा वृक्षारोपण अपरिहार्य : मन्त्री नेपाल

हेटौँडा । चौथो राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा हेटौँडामा विविध कार्यक्रमसहित वृक्षारोपण गरिएको छ । बागमती प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले हेटौडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा वृक्षारोपण दिवसका अवसरमा एक कार्यक्रम गर्दै नीजि वन क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार समेत प्रदान गरेको छ ।

कार्यक्रमकाबिच नीजि वन संरक्षणमा योगदान गर्ने त्रिपुरासुन्दरी गाउँपालिका ६ धादिङकी थलकुमारी सिंखडा र मकवानपुरगढी गाउँपालिका ३ का गोपालप्रसाद संजेललाई नगद २५ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।कार्यक्रममा सरिक हुँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मन्त्री सरेश नेपाल, प्रदेश सांसदहरु, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले वृक्षारोपण गरे ।

चौथो राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले वन र वातावरण जनताका जीवनसँग जोडिएको भन्दै वनको विकास तथा वातावरण संरक्षणमा वृक्षारोपण अपरिहार्य रहेको बताए ।

प्राकृतिक विपतिका घटना रोक्नका लागि पनि वृक्षारोपण अपरिहार्य रहेको उनले बताए ।कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, जुनेली श्रेष्ठ, मन्त्रालयका सचिव सिन्धु ढुंगाना, मातहतका सबै कार्यलय प्रमुख, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती थियो । कार्यक्रममा वक्ताहरुले ठोष योजनाका साथ वृक्षारोपणका कार्यक्रम निरन्तर रुपमा गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);