शहरलाई हरियाली बनाउने अभियानमा वनमन्त्री बस्नेतको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शहरलाई हरियाली बनाउने अभियानमा वनमन्त्री बस्नेतको जोड

banmantri basnet

काठमाडौं, २४ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सहरहरुलाई हरियाली बनाउने अभियानलाई सरकारले जोड दिएको बताउनु भएको छ ।

भू–संरक्षण दिवसको अवसरमा शुक्रबार पशुपति क्षेत्र परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, र शहरलाई हराभरा बनाउने काम राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन पनि पशुपति क्षेत्र विकास कोषलाई आग्रह गर्नुभयो । मन्त्री बस्नेतले सरकारले चालू आर्थिक वर्ष भित्र ५ करोड वृक्षारोपण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

उहाँले वातावरण संरक्षण विश्वभर चुनौतीको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन सम्बन्धित सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);