शुक्रबार दिनभर सार्वजनिक सवारीसाधन ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शुक्रबार दिनभर सार्वजनिक सवारीसाधन ठप्प

sadak khali

तेजना पण्डित
काठमाडौं, २१ वैशाख । यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको विरोध गर्दै यातायात व्यवासायीले शुक्रबार यात्रुबाहक सार्वजनिक सवारीसाधन ठप्प पारे । जसले गर्दा देशभरका सर्वसाधरणले सास्ती झेल्नुप-यो ।

सार्वजनिक यातायात नचल्दा काठमाडाैँ उपत्यकामा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको झल्को दिने स्थिति देखियो ।

देशभरका तीनसय पाँच वटा समिति आबद्ध नेपाल यातायात ब्यावसायी महासंघले सार्वजनिक यातायात बन्दको आह्वान गर्दा आज देशभर भाडाका सवारी साधन ठप्प रहे ।

करिब चार लाख सार्वजनिक यातायात सञ्चालनमा रहे पनि महासंघमा धेरै समिति आबद्ध भएकाले सडकमा नगण्य मात्रामा मात्र यात्रुवाहक गाडी गुडे ।

देशभरका सडकमा रुट इजाजत खुलाउने तथा यातायात समिति नविकरण नगर्ने सरकारी निर्णय विरुद्ध वैशाखको पहिलो साता नै यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

महासंघको हट्ताल घोषणालाई साथ दिंदै व्यावसायीहरुले आफ्ना सवारीसाधन ग्यारेज र बसपार्कमा थन्क्याएका छन् । बसहरु ग्यारेज र बसपार्कमा थन्क्याईंदा यात्रुहरु घण्टौँ हिँडेर गन्तव्यमा पुग्न वाध्य भएका छन् ।

शुक्रबार केही निजी कम्पनी र साझा यातायातका सार्वजनिक सवारी साधन सडकमा देखिए पनि यात्रुका लागि पर्याप्त थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);