कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का नियुक्त | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का नियुक्त

congress offc

महाधिवेशनको २५ महिनापछि कांग्रेस सभापति देउवाद्वारा तीन पदाधिकारी मनोनीत

रामचन्द्र पौडेल पक्षले गरे आजको केन्द्रीय समिति बैठक बहिस्कार

काठमाडौं, २१ वैशाख । महाधिवेशन सम्पन्न भएको २५ महिना पछि कांग्रेस सभापति शेरबहादुर देउवाले तीन जना पदाधिकारी मनोनीत गरेका छन् ।

देउवाले आफू निकट नेताहरुलाई पदाधिकारीमा मनोनयन गरेका हुन् । देउवाले उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई नियुक्त गरेका छन् ।

कांग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी, केन्द्रीय सदस्य नियक्ति, विभाग गठन सहितका सबै काम सक्ने व्यवस्था भएपनि २५ महिनापछि देउवाले पदाधिकारी नियुक्त गरेका छन् ।

पदाधिकारी नियुक्ति विधान विपरित भएको बताउँदै नेता रामचन्द्र पौडेल पक्षले भने आजको केन्द्रीय समिति बैठक बहिस्कार गरे । पौडेल पक्षीय नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह र पौडेल पक्षकै अर्का नेता महेश आचार्यले भने सभापतिले पार्टी भन्दा गुट बलियो बनाउनेगरी नियुक्त गरेको भन्दै बैठकमै विमति राखेका छन् ।

ताजा समाचार