कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का नियुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का नियुक्त

congress offc

महाधिवेशनको २५ महिनापछि कांग्रेस सभापति देउवाद्वारा तीन पदाधिकारी मनोनीत

रामचन्द्र पौडेल पक्षले गरे आजको केन्द्रीय समिति बैठक बहिस्कार

काठमाडौं, २१ वैशाख । महाधिवेशन सम्पन्न भएको २५ महिना पछि कांग्रेस सभापति शेरबहादुर देउवाले तीन जना पदाधिकारी मनोनीत गरेका छन् ।

देउवाले आफू निकट नेताहरुलाई पदाधिकारीमा मनोनयन गरेका हुन् । देउवाले उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई नियुक्त गरेका छन् ।

कांग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी, केन्द्रीय सदस्य नियक्ति, विभाग गठन सहितका सबै काम सक्ने व्यवस्था भएपनि २५ महिनापछि देउवाले पदाधिकारी नियुक्त गरेका छन् ।

पदाधिकारी नियुक्ति विधान विपरित भएको बताउँदै नेता रामचन्द्र पौडेल पक्षले भने आजको केन्द्रीय समिति बैठक बहिस्कार गरे । पौडेल पक्षीय नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह र पौडेल पक्षकै अर्का नेता महेश आचार्यले भने सभापतिले पार्टी भन्दा गुट बलियो बनाउनेगरी नियुक्त गरेको भन्दै बैठकमै विमति राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);