पदाधिकारी मनोनित गर्दै देउवा: उपसभापतिमा निधिको चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पदाधिकारी मनोनित गर्दै देउवा: उपसभापतिमा निधिको चर्चा

deuwa nidhi

काठमाडौ, ६ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् ।

कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ । सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

उपसभापतिमा निधिलाई मनोनित गर्ने छनक पाएका देउवा निकट नेता गोपालमान श्रेष्ठले समेत आफ्नो दाबीलाई अझ कसिलो बनाउँदै लगेका छन् ।

श्रेष्ठले भने,

उपसभापतिको प्रमुख दाबेदार म नै हुँ ।

मलाई सबै पक्षले स्वीकार्छन पनि ।

सिनियरको हिसाबले पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि म नै हो ।

आफूलाई उसिभापतिमा मनोनित गरे केन्द्रीय समितिमा विरोध नहुने उनको दाबी छ । आजको नेपाल समाचापत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);