एचआईभी संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एचआईभी संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन माग

hiv/aids

काठमाडौं, ५ वैशाख । सरोकारवालाहरुले एचआईभी एड्स संक्रमितहरुको उपचारमा सहज पहुँच पुर्‍याउन सरकारसँग माग गरेका छन । उनीहरुले एचआईभी एडस् संक्रमितहरुको रगत परिक्षण र सो रोगको संक्रमण हुनै नदिने गरी चेतनामूलक कार्यक्रम संचालन गर्न ढिलाई नगर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन ।

बुधबार काठमाडौंमा आयोजित एचआईभी एड्ससम्बन्धि एक कार्यक्रममा बोल्दै अधिकारकर्मी अस्मिता श्रेष्ठले सरकारले एचआईभी एडस्जस्ता रोगहरु लाग्न नदिने गरी आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याइन् ।

उनले संक्रमित रोगीहरुलाई रगत परिक्षण गर्ने र रोग लाग्नै नदिने गरी आवश्यक साधनहरुको सहज व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

अधिकारकर्मीहरुले नेपालमा एचआईभी एड्स रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको दावी समेत गर्दै आएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);