आज संसदीय बोर्ड गठन गर्दै नेपाली कांग्रेस, को-को पर्लान् शक्तिशाली बोर्डमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसले आज संसदीय बोर्ड गठन गर्ने भएको छ। कांग्रेस केन्द्रीय समिति र कार्य सम्पादन समितिले दिएको म्याण्डेटका आधारमा सभापति शेरबहादुर देउवाले आज साँझसम्म संसदीय बोर्ड गठन गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए।

पार्टीको विधान अनुसार निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रयोजनका लागि संसदीय बोर्ड शक्तिशाली मानिन्छ। बोर्डमा ६ जना पदाधिकारी स्वतः र अन्य ८ जना सदस्य रहने प्रावधान रहेको छ।

तर सभापति देउवाले पदाधिकारी मनोनयन गर्न नसकेका कारण अहिले पदाधिकारीका रुपमा देउवा, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव बोर्डमा रहने पक्का छ । पदाधिकारीबाहेक ११ जना सदस्य चयन गर्ने र पछि तिनैमध्येबाट पदाधिकारी चयन गर्ने प्रस्ताव सभापति देउवाले गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पहिले पदाधिकारी मनोनित गरेर बोर्डलाई पूर्णता दिन सुझाव दिएका छन् । सोमबारको कार्यसम्पादन समितिको बैठकले विधान र सबैको भावना समेटेर बोर्ड गठनको जिम्मा देउवालाई दिएको थियो।

कोको रहनेछन् संसदीय बोर्डमा ?

सभापति देउवा संसदीय बोर्डको आकार बढाउन चाहन्थे । सहमति नजुटेपछि अब १४ सदस्य बोर्ड नै बन्ने सम्भावना छ। देउवाले आफूनिकट नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का र बालकृष्ण खाँडलाई बोर्डमा ल्याउन चाहेका छन्।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनीनिकट प्रकाशमान सिंह, डा. रामशरण महत र सुजाता कोइराला बोर्डमा पर्ने सम्भावना छ। बोर्डमा पर्व महामन्त्री कृष्ण सिटौंलालाई समेत सहभागि गराउने तयारी देउवाको छ । महेश आचार्य र बलबहादुर केसीमध्ये १ जना बोर्डमा पर्ने सम्भावना पनि यथावत रहेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);