प्रदेश २ मा उम्मेदवार टुँग्याए लगत्तै केन्द्रीय पदाधिकारी मनोनित गर्ने देउवाको तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

काठमाडौँ,  १७ भदौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवार तय गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गर्ने तयारी गरेका छन् ।

 

कञ्चनपुरबाट फर्किएलगत्तै अस्वस्थ भएका प्रधानमन्त्री देउवा घरमै आराम गरी बसेकाले प्रदेश नम्बर दुईको उम्मेदवार तय गर्न महामन्त्री डाक्टर शशांक कोइराला, नेता विमलेन्द्र निधिलगायतका नेताहरु शुक्रबार दिनभर छलफलमा व्यस्त भए।

 

प्रधानमन्त्रीको अवस्थाबारे निजी सचिव भानु देउवाले भने, प्रधानमन्त्रीलाई समान्य रुघा खोकी लागको हो। उहाँ आराम गरेर बस्नुभएको छ। आजको नेपाल समाचरपत्र दैनिकले खबर छापेको छ।