अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १७ भदौ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २१ औँ महाधिवेशनबाट नयाँ अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन्। विजयी तामाङले अध्यक्षका प्रत्यासी अनिल शर्मालाई पराजित गरेका हुन्।

 

उपाध्यक्षमा खुलातर्फबाट सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन्। यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेसी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन्।

 

महासचिवमा खेमबहादुर सिंहलाई हराउँदै उत्तम अधिकारी निर्वाचित भएका छन्। उपमहासचिवमा जीपी मैनाली र तुकमान महरा निर्वाचित भए भने उपमहासचिवमा आशा तमु यसअघि नै महिला कोटाबाट चुनिएकी थिइन्। त्यसैगरी कोषाध्यक्षमा केशव रावल, विजयी भएका छन् भने खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);