एनआरएनको अध्यक्षमा भवन भट्ट विजयी, जमुना गुरुङ भारी मतले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, ३१ असोज । एनआरएनको नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन्। राजधानीमा सम्पन्न महाधिवेशनबाट प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट निर्वाचित भएका हुन्। मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई करिब ५ सय मतले हराउँदै भट्ट अध्यक्षमा विजयी भएका हुन्। भट्टले मत ११९७ मत ल्याएका छन्। यो भनेको कुल मतको करिब ६० प्रतिशत पनि हो।

उपाध्यक्षमा खुल्लातर्फ जर्मनीका कुमार पन्त ७४४ मत र यूकेका कुल आचार्य १०३० मत लिएर विजयी भएका छन्। महिला उपाध्यक्षमा रसिया निवासी शपिला राजभण्डारी १०५४ मत पाएर विजयी भएकी छिन्। महासचिवमा डा. बद्री केसी ७६८ मत लिएर पुनः निर्वाचित भएका छन्। सचिवमा ओमनका डीबी क्षेत्री र बेल्जियमकी जानकी गुरुङ विजयी भए। यसैगरी, कोषाध्यक्षमा हिक्मत थापा पुनः विजयी भएका छन्। सहकोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन्।

युवा संयोजकमा जापानका सुदन थापा विजयी भएका छन्। महिला संयोजकमा बेल्जियमकी रजनी प्रधान विजयी भएकी छिन् भने युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन्। युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये शिव बरुवाल विजयी भएका छन्। युरोप क्षेत्रीय महिला संयोजकमा संगीता मरहठ्ठा विजयी भएकी छिन्। ओशिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी विजयी भएका छन्। ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन्।

मध्यपूर्व क्षेत्रीय संयोजकमा आरके शर्मा विजयी भएका छन्। मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन्। अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी विजयी भएका छन्। अमेरिका क्षेत्रीय उपसंयोजकमा नवीन शेरचन विजयी भएका छन्। क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन्।

एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन्। एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन्। यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन्। अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन्। उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);