एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

kumar-panta

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न मतगणना अनुसार पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले पछि पार्दै एनआरएनएको अध्यक्षमा विजयी हुनुभएको हो ।

पन्तले १हजार ९४ मत प्राप्त गर्दा आचार्यको पक्षमा भने ९सय ५९ मत खसेको थियो । यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । त्यस्तै महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् । सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भए भने सह–कोषाध्यक्षमा लोक दाहाल र भूमा लिम्बू विजयी भए ।

बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २५ सय ७० मतदाता रहेकोमा २३ सय ४० मत खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);