डडेल्धुरामा मात्रै पाईने गड्डी जातको भैंसी लोप हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

डडेल्धुरामा मात्रै पाईने गड्डी जातको भैंसी लोप हुँदै

gaddibhaisi

विमल जैरु

डडेल्धुरा, १ कात्तिक । चरिचरनको अभावका साथै युवाहरुले व्यवसायिक भैंसी पालन गर्न अग्रसरता नदेखाएसँगै सुदूरपश्चिमको डडेल्धुरामा मात्रै पाईने गड्डी जातको भैंसी लोप हुने अवस्थामा पुगेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम भन्ने स्थानमा मात्रै पाइने गड्डी भैंसीको अहिले पोथी जातका ३ सय ७६ मात्रै रहेका छन् । गाडी जस्तै ठुलो जिउको हुने गड्डी भैँसी लोप हुन थालेको भन्दै विगत केही वर्ष यतादेखि नेपाल सरकारले संरक्षणका लागि विभिन्न कार्यक्रम समेत गर्दै आइरहेको छ ।

डडेल्धुरामा मात्रै पाईने गड्डी भैंसी लोप हुने अवस्थामा पुगेको छ । डडेल्धुराको साविकको अशिग्राम गाविसको रुवाखोला, जमराना, साहुखर्क लगायतका गाउँमा मात्रै पाईने गड्डी भैंसीको पोथीको संख्या ३ सय ७६ मात्रै रहेको छ । पाँच सय भन्दा कम संख्यामा पोथी जाती रहेको जनावरलाई लोपउन्मुख जनावरको श्रेणीमा राख्ने भएकाले गड्डी भैंसीलाई लोपउन्मुख जनावर घोषणा गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ ।

केही वर्ष पहिलेसम्म घर घरमा गड्डी भैंसी हुने यहाँका गाउँमा आजभोलि गड्डी भैँसी देख्नै मुस्किल हुन थालेको छ । चरन क्षेत्र कम हुँदै जानुका साथै युवाहरु व्यवसायिक भैंसीपालन गर्न अग्रसरता नदेखाउनुले गड्डी भैँसीको संख्यामा कम हुँदै गएको स्थानीयको भनाई छ ।

डडेल्धुरामा मात्रै पाईने गड्डी भैंसी लोप हुन थालेको भन्दै विगतका केही वर्ष यता देखि गड्डी भैँसीको संरक्षणका लागि जनचेतना जगाउने, गोठसुधार, भकारो कार्यक्रम गर्ने, खोवा प्रसोधन केन्द्र स्थापना, गड्डी भैँसीपालनका लागि अनुदान दिने काम गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख खडक शाहले बताउनु भयो ।

ठूलो जिउ भएको र अन्य भैसीको तुलनामा यो जातको भैंसीले दुधसमेत बढी दिने गर्दछ । डडेल्धुरामा मात्रै नभई सुदूरपश्चिम प्रदेशमै अहिले गड्डी जातको मात्रै नभई अन्य स्थानीय जातका भँसीपनि लोप हुने अवस्थामा पुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);