लोपउन्मुख जडिबुटी शंङखे सतुवाको संरक्षण गर्न कृषक सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लोपउन्मुख जडिबुटी शंङखे सतुवाको संरक्षण गर्न कृषक सक्रिय

ललित सिंह

बझाङ, १४ चैत । लोप हुने अवस्थामा पुगेको बहुमुल्य जडिबुटी शंङखे सतुवाको संरक्षण गर्न बझाङका कृषक सक्रिय भएका छन् । तल्कोट गाउँपालिकाको रैसल्लीका कृषकले जडिबुटी सतुवाको संरक्षण गर्न नर्सरी नै स्थापना गरेका छन् ।

बहुमुल्य जडिबुटी शंङखे सतुवा विश्वबाट नै लोप हुने अवस्थामा पुगेको छ । मंहोगामा बिक्री हुने भएकाले अव्यवस्थित रुपमा उत्खनन् दर्गा सतुवा लोप हुने अवस्थामा पुगेको हो । बझाङ रैसल्ली गाउँका कृषकहरुले अहिले जडिबुटीको संरक्षणमा जुटेका छन् ।

भेडापालन व्यवसाय छोडेर सो गाउँका ६ परिवारले प्रतिपरिवार १० हजार उठाएर सामुदायिक बनमा नर्सरी स्थापना गरेका हुन् । अबको १० बर्षमा लोप हुन लागेको शंङखे सतुवा विश्वभरसम्म पुर्याउने लक्ष्य छ । जिल्ला वन कार्यलयले जडिबुटी सतुवको संरक्षण गर्न कृषकहरुलाई प्राविधिक सहयोग गरेको छ । कार्यालयले पनि जडिबुटी संरक्षणको लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

शंङखे सतुवाको बीउ उत्पादन गर्न कृषकहरुले नर्सरीमा ६० हजार बोट रोपेका छन् । सतुवाको बिउ उत्पादन गरेर देश लगायत विश्वभर पु¥याउने कृषकहरुको लक्ष्य छ । विश्वभर माग रहेको सतुवाबाट पायल्स, मुटुको रोग, हाडजोर्नी, ढाड दुख्नेजस्ता रोग निको हुने विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);