लोप हुने अवस्थामा 'पञ्चेबाजा' | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

लोप हुने अवस्थामा ‘पञ्चेबाजा’

गोपाल पोखरेल
उदयपुर, २८ माघ
। विवाह, व्रतबन्ध जस्ता माङ्गलिक र शुभ कार्यमा प्रयोग गरिने पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको छ । अहिलेको युवा पुस्तामा ब्याण्ड बाजाको आर्कषण बढेपछि नेपाली संस्कृतिको धरोहर पन्चे बाजा लोप हुने अबस्थामा पुगेको हो ।

गाउँ होस् या सहर माङ्गलिक र शुभ कार्यमा पहिले पन्चे बाजा बजाउने प्रचलन थियो । विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा पञ्चे बजाको मंगल धुन बजाउने गरिएको थियो । तर पछिल्लो समय ब्यन्ड बाजाको आकर्षणले नेपालको मौलिक परम्परागत पञ्चेबाजा लोप हुने अबस्थामा पुगेको हो ।

गाउँघरमा पनि पञ्चेबाजा बजाउनेले काम पाउन छोडेका छन् । काम पाएपनि टाढा र राम्रो रकम नपाउने गरेको बाजा बजाउनेहरुको गुनासो छ ।

आधुनिकताका नाममा आफ्ना मौलिक संस्कृति बिस्थापित हुँदै गएको भन्दै सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले नेपालको मौलिक संस्कृति र परम्परा झल्काउने पञ्चेबाजाको संरक्षण गर्न माग गरेका छन् ।

कला र संस्कृतिमा धनि देश भएकाले विदेशी कला संस्कृतिको नक्कल गर्नुभन्दा हाम्रो कला संस्कृतिलाई विश्वसामु फैलाउनु आवश्यक छ । विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सक्ने पञ्चेबाजालाई संरक्षण गर्न सबै पक्ष लाग्नु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);