पाल्पामा पञ्चेबाजाको संरक्षण अभियान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाल्पामा पञ्चेबाजाको संरक्षण अभियान

पाल्पा, १७ असोज । नेपालको लोक संस्कृतिक पञ्चे बाजा लोप हुँदै गइरहेको छ । तर, पाल्पाको रम्भा गाउँपालिकाको हुँगीमा भने सीपको पुस्तानै हस्तान्तरण गरी पञ्चेबाजा संरक्षण थालिएको छ । परियार जातीले विवाह तथा शुभ कार्यमा बजाइने पञ्चेबाजाको संरक्षणका लागि हुँगीका परियार जाती यसको संरक्षणमा मात्र नभई बाजा बजाउने सिप र प्रविधीको समेत संरक्षणमा जुटेका छन् ।

साना देखि ठूला सम्म सबैले यो बाजा बजाउन सिक्नुपर्ने र बाजा संरक्षणसँगै आफ्नो परम्परा र संस्कृतिको समेत जगेर्ना हुने भएकोले स–साना वालवालिकालाई समेत सिकाइएको प्रशिक्षक धन बहादुर परियारले बताए ।

हातमा किताब र कपी बोकेर विद्यालयमा पढ्न जाने उमेर समुहका वालकले समेत फुर्सदको समयलाई सदुपयोग गर्दै पञ्चेबाजा समुह अन्र्तगत सबै प्रकृतिका बाजा बजाउने गरेको सिप सिक्दै आएका वालक सन्दिप दर्नालको भनाई रहेको छ ।

नेपालीको मौलिक पहिचान र संस्कृतीको पहिचान बुझाउने पञ्चे बाजा संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल ग¥यो भने संस्कृतीको पनि जगेर्ना हुने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);