सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप

sarbochha adalat

काठमाडौं, १८ असोज । मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

सर्वोच्चले आफैँले बनाएको मापदण्ड उल्लंघन गरेको कर्मचारीको आरोप छ । सर्वोच्च अदालत प्रशासनले गत सोमबार २ सय ५२ नासु, ११ कम्प्यूटर अपरेटर, ९९ डिट्ठा, ४४ तामेलदारसहित ४ सय १८ जना कर्मचारी सरुवा गरेको थियो ।

कर्मचारी सरुवासम्बन्धी मापदण्डमा अनुभबका आधारमा विभिन्न तहका अदालतमा सरुवा गर्ने र ऐन नियम विपरीत नहुने गरी महिला, अशक्त, अपागं र दलित कर्मचारीलाई सकभर दरबन्दी र सम्भव भएसम्म निजहरुले माग गरेको अदालतमा सरुवा गर्नुपर्ने प्रावधान राखिएको छ ।

उक्त मापदण्डमा काठमाडौं उपत्यकाका अदालतमा कार्यरत कर्मचारीको पारस्परिक सरुवाको निवेदनका आधारमा सरुवा नगर्ने बिषय समेत राखिएको छ । सर्वोच्चको आधिकारीक ट्रेड यूनियन, विभागीय कार्यसमितिमार्फत मुख्य रजिष्ट्रारलाई बुझाएको ज्ञापनपत्रमा माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । उक्त कार्यसमितिले सरुवा तत्काल सच्याउन माग गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);