सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत

pradhanmantri tatha mantri karyalay

काठमाडाैं । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान साउन १ गतेदेखि लागूहुने गरि स्वीकृत गरेको हो ।

सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेटमा २–२ हजारका दरले तलब बृद्धि गरेको थियो । बैठकले केहि मन्त्रालयका सचिवहरुको सरुवा गर्ने निर्णय गर्दै गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याएको छ ।

रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याल, वैकुण्ठ अर्याललाई सञ्चार मन्त्रालयको सचिव सरुवा गरिएको छ । सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ भने गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);