सरकारद्वारा आठ जनाको नागरिकता खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सरकारद्वारा आठ जनाको नागरिकता खारेज

pm office nepal

काठमाडौं, २० साउन । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिएका हुन् ।

बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो। यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ।

आर्थिक वर्ष २०७६/७७ का लागि कर्मचारी तथा शिक्षकको नयँ“ तलबमान तोक्ने र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५÷७६ को तलबमान निर्धाण गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);