सरकारले मेरो नाममा भ्रम फैलाउने काम गर्‍यो : सांसद महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकारले मेरो नाममा भ्रम फैलाउने काम गर्‍यो : सांसद महतो

rajendra mahato-rajapa

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ती जनाउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको विशेष समयमा बोल्दै महतोले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाउनुभयो ।

सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार संञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उहाँले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने तर्क गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आईतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराउनुभएको थियो ।

महतोले आफ्नो मानहानी भएकाले सरकारले माफि माग्नुपर्ने दाबी गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);