सरकारले निर्देशन पालना नगरेको प्रति संसदीय समितिको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले निर्देशन पालना नगरेको प्रति संसदीय समितिको असन्तुष्टि

sarokar samiti

काठमाडौं, २० साउन । संसदीय समितिले आफना निर्देशन सरकारले पालना नगरेको भन्दै असन्तुष्टि जनाएको छ । सोमबार बसेको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले फास्ट ट्रयाक, बुढी गण्डकी आयोजना र नीजगढ अन्तराष्ट्रिय विमानस्थलमा स्थानीयका समस्या समाधान गर्न दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै असन्तुष्ठी जनाएको हो ।

समितिले सर्वसाधरणको प्रत्यक्ष सरोकारको विषय भएकाले सक्दो छिटो समाधान गर्न निर्देशन गरेपनि सम्बन्धीत मन्त्रालयले समितिको निर्देशनको कार्यान्वयन गरेका छैनन् । आफ्नो बार्षिक प्रतिवेदन तयार पार्न जुटेको समितिले निर्देशन कार्यान्वयन हुन नसकेका विषयलाई प्राथमिकतामा राख्दै त्यसतर्फ सरकारलाई थप जिम्मेवार बनाउन प्रयास गर्ने भएको छ ।

वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिरहेको समितिले सदस्यहरुको सुझाव सहित एक साता भित्र अन्तिम टुंगो लगाएर राष्ट्रियसभामा पेश गर्ने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);