सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन : महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन : महतो

rajendra-mahato

काठमाडौं, २९ चैत । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । नेता महतोले सरकारले दुई तिहाई जनमतको दूरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उनले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई पनि आह्वान गरे ।

नेता महतोले आन्दोलन गर्दा रेशम चौधरीलाई सरकारले जन्मकैदको सजाय दिने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई आफ्नो दूत बनाएर मधेशमा पठाएको आरोप पनि लगाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);