सरकारविरुद्ध आन्दोलन गर्ने देशभक्त जनगणतान्त्रिक मोर्चाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारविरुद्ध आन्दोलन गर्ने देशभक्त जनगणतान्त्रिक मोर्चाको चेतावनी

cp gajurel

काठमाडौं, ३० पुस । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने बताएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै सरकारबिरुद्ध आन्दोलनमा जाने बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको तर्क गरे ।

मोर्चाले सरकारविरुद्ध आगामी फागुन ७ गतेबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ । संयोजक गजुरेलले जनताले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको पनि उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);