बैद्य नेतृत्वको माओवादीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बैद्य नेतृत्वको माओवादीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं, २२ कात्तिक । जनगणतन्त्र स्थापना गर्न आह्वान गर्दै मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी सहितको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

मोर्चाका संयोजक सिपी गजुरेलले बुधबार काठमाडाैँमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

मोर्चाले संविधानको भण्डारफोर गर्दै जनगणतन्त्र स्थापनाका लागि चुनावलाई उपयोग गर्न लागिएको स्पष्ट पारेको छ । मोर्चाका संयोजक गजुरेलले अन्य राजनीतिक दलहरुलाई निषेध गरेर केही दल मात्रै राज गर्ने खालको शासन व्यवस्थाको विरुद्ध जनमत संकलन गर्न निर्वाचनमा होमिनु परेको स्पष्ट पारे ।

मोर्चाले जारी गरेको घोषणा पत्रमा नयाँ जनवादी व्यवस्थाको स्थापनाको तयारी गर्ने, सबै असमान सन्धि सम्झौताहरु खारेज गर्ने, विदेशी हस्तक्षेपबाट मुलुकलाई मुक्त गराउने लगायतका प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);