सांसद रेशम चौधरी सहित ११ जनाको मुद्दा फिर्ताको माग गर्दै आन्दोलनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सांसद रेशम चौधरी सहित ११ जनाको मुद्दा फिर्ताको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं, ८ माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी सहित ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेको समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना मागहरु पुरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेहरुलाई सरकारले दमन गर्ने नीति लिएको आरोप लगाउनुभयो ।

मोर्चाले माघ १४ गते प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम रहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);