रेशमलाल चौधरीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रेशमलाल चौधरीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

कैलाली, १८ माघ । टिकापुर घटनाबारे सत्यतथ्य बाहिर ल्याउन तथा निलम्वित सांसद रेशमलाल चौधरीको रिहाईको माग गर्दै थारु अगुवाले आन्दोलन घोषणा गरेका छन् ।

थरुहट क्षेत्रको अधिकारका लागि भन्दै थरुहट नेता लक्ष्मण थारुले आमरण अनशनमा बस्ने लगायतका आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन् । थरुहट/थारुवान मोर्चा कैलालीले शनिवार धनगढीमा आयोजना गरेको कार्यक्रममा नेता थारुले फागुन १ गतेदेखि आफ्नै नेतृत्वमा धनगढीमा आमरण अनशनमा बस्ने बताउनु भयो ।

मोर्चाले १४ बुुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । मोर्चाले आफ्नो पहिलो माग अन्तर्गत सांसद रेशम चौधरी लगायतको रिहाइको माग राखेको छ भने टीकापुर घटनावारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);