नयाँ वर्ष २०७७ बाट काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण सुरू : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ वर्ष २०७७ बाट काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण सुरू : मुख्यमन्त्री पौडेल

dormani poudel

हेटौंडा, १८ माघ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण नयाँ वर्ष २०७७ बाट शुरु हुने दावी गर्नु भएको छ ।

प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले काठमाडौं हेटौंडा सुरुङमार्ग निर्माण नयाँ वर्ष २०७७ बाट शुरु हुने दावी गर्नु भएको हो ।

प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौंडा–काठमाडौं सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौँडाका सबै सडकहरु ६ महिनाभित्र स्तरोन्नति हुने पनि बताउनु भयो । प्रदेश राजधानी हेटौंडा जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने पनि उहाँले जानकारी गराउनु भयो। । प्रदेश राजधानीको टुंगो लागेका कारण अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);