कञ्चनपुरको पुनर्वासमा सशस्त्रको बिओपी स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कञ्चनपुरको पुनर्वासमा सशस्त्रको बिओपी स्थापना

कञ्चनपुर, १८ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा शनिबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ ।

सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्युनीकरणका लागि सिमाक्षेत्रमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह शाहुले जानकारी दिनुभयो।

उहाँका अनुसार भारतसंग सीमा जोडिएका कञ्चनपुरका जम्मा १३ स्थानमा बिओपी रहने गरी काम भइरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा बिओपी स्थापनाले आपराधिक गतिविधिमा कमी आउने सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले विश्वास व्यक्त गर्नुभयो ।

हाल करीब २० किलोमिटरको दुरीमा बिओपी रहेको भएपनि कञ्चनपुर भर १३ स्थानमा बिओपी स्थापना भएपछि करीब ७ किलोमिटरको दुरीमा बिओपी रहने भएको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाउनु पर्ने यस क्षेत्रका नागरिक र जनप्रतिनिधिहरूको लामो समयदेखिको माग रहेको पुनर्वास नगरपालिकाकाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);