बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना

baitadi bop

बैतडी, १० जेठ । बैतडीमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी बिओपी स्थापना भएको छ । नेपाल–भारत सिमा स्थित बैतडीको झुलाघाटमा शनिवार बिओपीको औपचारिक उद्घाटन भएको छ ।

बिओपीले सीमा सुरक्षाका लागि चौबिसैं घण्टा सुरक्षा दिने जनाईएको छ। बिओपी स्थापनापश्चात सीमा निगरानीका साथै राजश्व संकलनमा बृद्धि हुनुका साथै सबैखाले सीमा अपराधिक क्रियाकलाप नियन्त्रण हुने सुदूरपश्चिम सशस्त्र प्रहरी विश्वास व्यक्त गरेको छ ।

जिल्लाको एकमात्र औपचारिक नाका रहेकोले अवैध राजश्व चुहावट नियन्त्रण गर्ने, भारतीय सुरक्षाकर्मी समन्वय गरि संयुक्त गस्ती गर्ने, सीमा सुरक्षा निगरानी , समन्वय सुरक्षा गर्ने जनाईएको छ ।

सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा टोली बसेको छ । इन्सपेक्टरको नेतृत्वमा ३५ जना रहने बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भनिए पनि अहिले उक्त क्षेत्रमा पोष्ट स्थापना गरिएको हो । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र छ ।