कपिलवस्तुको दुईवटा बिओपी स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलवस्तुको दुईवटा बिओपी स्थापना

कपिलबस्तु , ५ माघ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा र मायादेबी गाउँपालिकामा बर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । विजयनगर गाउँपालिकाको जवाबैराठमा र मायादेबी गाउँपालिकाको सानो नन्दनगरमा नेपाल–भारत सिमानामा बिओपीको स्थापना भएको हो ।

कपिलवस्तुकै भौगोलिक बनावटले सबैभन्दा अति विकट क्षेत्रमा पर्ने जवाबैराठमा र सिमा नाकासँग जोडिएको सानो नन्दनगरमा बिओपीको स्थापना गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर प्रधानले प्रमुख अतिथीको आसनबाट बोल्दै विजयनगर गाउँपालिका र माया देबी गाँउपालिकामा बिओपीको स्थापनापछि अब यहाँका जनतालाई प्रत्यक्ष पुर्ण सुरक्षित वातावरणको महसुस हुने बताउनुभएको छ ।

नेपाल सरकारले सिमा नाकामा बिओपी स्थापना गरी लैजाने निर्णय बमोजिम सशस्त्र प्रहरी बलले सम्पूर्ण जिल्लाहरुमा तराई र हिमालका बर्डरहरुसँग जोडिएका जिल्लाहरुमा बिओपी स्थापना गर्दै आइरहेको बताउँदै त्यस नियम अनुसार कपिलवस्तुमा पनि आज दुईवटा बिओपीको स्थापना भएको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा गर्नेपर्ने आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारीलाई पालना गर्दै देशले सुम्पिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ पुर्वक सशस्त्र प्रहरीले यहाँका नागरिकलाई सुरक्षित वातावरणमा बस्न, हिड्न, लगाउन, व्यवसाय सञ्चालन गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरीसँगै स्थानीय नागरिकहरुले एकसाथ हातेमालो गर्दै अगाडी बढे अपराधका घटनाहरुलाई न्युनीकरणमा ठुलो सहयोग पुग्ने कुरामा जोड दिनभयो ।

बिना डर, त्राससँग स्थानीयवासीहरुलाई ढुक्कसँग बसेर व्यापार, व्यवसाय सञ्चालन गर्न अनुरोधसमेत प्रधानले गर्नुभयो ।यस्तै जिल्ला प्रमुख दीर्घनारायण पौडेलले कपिलवस्तु जिल्ला भारतको सिमा नाकासँग ९३ किलो मिटर जोडिएको बताउँदै बिओपी क्षेत्रकलाई हेर्नका लागि बिओपीको स्थापना गरिएको बताउनुभयो । बर्डरको सुरक्षा, बर्डरमा हुने अपराधहरु घटनाहरु चोरी, निकासी, पैठारी लगायत कानुन विपरीतका कार्यहरुलाई नियन्त्रण गर्न ठूलो उपलब्धी हुने पौडेलले दावी गर्नुभयो ।

यस बिओपीको स्थापनाका लागि विजयनगर र माया देबी गाउँपालिकाको ठुलो सहयोग रहेको उहाँले बताउनुभयो । यहाँका सिमा नाकामा घट्ने घटनाहरुलाई न्युनीकरण गर्ने उद्धेश्यले बिओपीको स्थापना हुनु सराहनीय कार्य भएको बताउनुभयो । अब यस क्षेत्रमा हुने अबैद्य, गैरकानुन क्रियाकलापमा कमी आउनुको साथै यहाँका बासिन्दा सुरक्षित हुने पौडेलले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);