बनेपा, ५ माघ । पव्जी खेललाई केही देशले प्रतिबन्ध लगाएको अवस्थामा काभ्रेका युवाहरुले भने खेलेकै भरमा सामाजिक काममा आफुहरुलाई सामेल गराएका छन् ।लामो समय देखी स्काई लाइट गेमीङ नामक कम्पनीको लागी पव्जी खेल खेल्दै आएका बनेपाका युवाहरुले बनेपा नगरभरीका ३० वटा सामुदायीक विद्यालयका ३८ जनालाई ड्रेस, जुत्ता, मोजा, कपी, कलम, ब्रस आदी सामग्रीहरु बिद्यार्थीलाई वितरण गरेका हुन ।
युवाहरुले पाँच लाख बराबरको सामग्री वितरण गरेका छन् । पव्जी खेलेर समय मात्रै बर्बाद गरिरहेको भन्ने आरोप खेप्दै आइरहेकोे युुवा पुस्ता माझ बनेपाका युवाहरुले गरेको यो सहयोगले भने केही सकारात्मक सन्देश प्रबाह गर्न सफल भएको छ ।
एक कार्यक्रमबीच पव्जी खेल खेलेर आर्जन गरेको रकमबाट बनेपा नगरको समुदायीक बिद्यालयका गरिब जेहेन्दार बिद्यार्थिहरुलाई पाँच लाख बराबरको सामग्री बनेपा नगरपालीका प्रमुख, उप प्रमुखको उपस्थितिमा वितरण गरेका छन् । युवाहरुले बनेपा नगरपालीका वडा नम्बर पाँचका वडा अध्यक्ष बलराम अधिकारी र वडा सदस्य सागर मान्नधरको समन्वयमा सोसियल सर्भिस युवा क्लब र माउण्ट एभरेष्ट एपसी युवाको बिशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
स्काई लाइटले केही समय अघिमात्र स्पाईनल मस्कुलर एट्रोफि नामक रोगबाट पीडित भैरहवा निवासी १३ महिनाकी बालिका सियोना श्रेष्ठलाई ५ लाख ५० हजार रकम सहयोग र बनेपा नगरका ३० जना अति निम्न परिवारलाई विभिन्न राह्नत प्याकेज वितरण गरेको गेम म्यानेजर योन्टेन श्रेष्ठले जानकारी दिए ।




