बनेपामा खाली अक्सिजन सिलिण्डर संकलन गर्दै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

बनेपामा खाली अक्सिजन सिलिण्डर संकलन गर्दै प्रहरी

बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले अक्सिजनको अभाव नहोस् भनेर बनेपा क्षेत्रमा प्रयोगबिहिन अवस्थामा रहेका खाली अक्सिजन सिलिण्डर संकलन गर्न थालेको छ ।

बनेपामा पनि कोरोना संक्रमित संख्या दैनिक बढ्न थालेपछि इलाका प्रहरी कार्यालयले उपचारका लागि अक्सिजनको समस्या नहोस् भन्ने हेतुले खाली सिलिण्डर संकलन गर्न थालेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक राजन कोइरालाले जानकारी दिए ।

अक्सिजन ग्यास सिलिण्डरको अभाव भईरहेको बेला ईलाका प्रहरी कार्यालय बनेपाले सानो प्रयास स्वरुप बनेपा बजार क्षेत्रमा प्रयोगबिहिन अवस्थामा रहेका विभिन्न साइजका एक सय थानभन्दा बढी खाली अक्सिजन सिलिण्डर संकलन गरिएको प्रमुख प्रहरी निरिक्षक कोइरालाले बताए ।

संकलन गरिएका अक्सिजन सिलिण्डर भर्ने काम सम्पन्न पश्चात् आवश्यकता हेरेर बितरण गरिनुको साथै खाली अक्सिजन सिलिण्डर संकलन कार्य जारी रहेको पनि कोइरालाले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार