वीपी प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला प्रहरी लगाएर तोडियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वीपी प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला प्रहरी लगाएर तोडियो

bp koirala pratisthan dharan

सुनसरी । जोखिम भत्ता नपाएको भन्दै ५ बुँदे माग राख्दै कर्मचारीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत शुक्रबार लगाएको ताला प्रतिष्ठानले प्रहरी प्रशासन लगाएर फुटाएको छ ।

उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित रजिष्टार, हस्पिटल डाइरेक्टर र रेक्टरको कार्यकक्षमा लगाइएको ताला आइतबार बिहान जिल्ला प्रशासनको निर्देशनमा प्रहरी प्रशासनले फुटाएको हो।

कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारी कार्यकक्षमा गत शुक्रबार ताला लागाइएको थियो । शुक्रबारै आन्दोलनरत पक्ष र प्रतिष्ठानबीच बसेको वार्तामा सहमति जुट्न सकेन ।

उपकुलपति डा.गिरीले विज्ञप्ती नै निकालेर आन्दोलित कर्मचारीहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि आक्रोसित बनेका कर्मचारीहरु ताला फुटाएपछि झनै आक्रोसित बनेका छन् ।

कोभिड–१९ जोखिम भत्ता पारदर्शी गरी समानरुपले सबैलाई वितरण गर्नुपर्ने, गत वर्ष वृद्धि भएको २० प्रतिशत तलब पाउनु पर्ने लगायतको ५ बुँदे माग उठाउँदै आएका छन् । कर्मचारीहरुले उठाएको जाहेज माग सबै पूरा गर्न प्रतिष्ठान तयार रहेको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);